गुल्मी ,बैशाख २ । गुल्मीमा एक वृद्ध दम्पती एउटै रुखमा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान चलिरहेको जिल्लाबाट प्रहरी निरीक्षक चुणामणिले जानकारी दिनुभएको छ । श्रोत थाहा खबर
तपाईको प्रतिक्रिया