Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी चेली मैना रेश्मी मगरको तीज गीत सार्वजनिक (भिडियो सहित )

   
575   पटक पढिएको

अर्घाखाँची,असार २५। संसार २१ सताव्दीको रफ्तारमा दौडिएको भए पनि नेपालका दुरदराजका बस्तिहरुमा अझै पनि छोरा र छोरीमा विभेद तथा निसन्तान भएका दम्पतीहरुलाई समाजले अत्यन्तै साघुरो घेराबाट हेर्ने चलन छ ।

निसन्तान हुनु, छोरीछोरी जन्माउनुलाई अझै पनि समाजले महिलालाई नै दोसी देख्ने र त्यसको भागिदार महिलामात्र भएको जसरी हेप्ने चलन छ । यसरी निसन्तन हुँदा समाजमा बसोबास गर्नेहरुले त हेला र हेयका दृष्टिले त हेर्छन् नै सात जुनीसम्मसंगै जीवन विताउने संकल्प गरेर आफ्नो ज्यान सुम्पेका आफ्नै पतिले समेत हेला गरेका कयौँ घटनाको पत्यक्ष साँक्षी समेत भएका छौँ ।

कलाकारहरुले समाजमा भएका यस्तै घटनाहरुलाई आप्mनो सृजनामा लयबद्ध गरी दर्सकदीर्घामा जनचेतनाको दियो बाल्ने गर्दछन् र त कलाकारहरुलाई राष्ट्रका गहना भनिएको हो ।

समाजिक विषयबस्तु निसन्तान हँदा खेप्नु परेको सास्तीलाई भण्डाफोर गर्न हाम्रै अर्घाखाँची शितगंगाकी चेली मैना रेश्मी मगरले पनि यसै अभियानमा होमिएर लाखौँ चेलीको बेदना समेट्न सफल भएकी छिन ।

हिन्दुहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा समाजिक यर्थाथल्लाई विषय बस्तु बनाएर निस्के मेरोदेखि नामक एल्वम बजारमा ल्याएर आएकी छिन् । उक्त गीतमा अहिलेका लोकप्रिय गायक तथा मोडल खेम सेन्चुरी,चन्द्रा शर्मा,स्वयम् सुन्तमी परियारको आवाजले सजिएको छ ।सितगंगा संदेश बाट

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया