अर्घाखाँचीमा बिहिवार १५ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए : थप १२ जना संक्रमित थपिए

| २०७८ असार १७ गते १९: ४४ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट ५ जना, पाणीनि गाउँपालीकाबाट १० जना गरी १५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २३ सय ३३ जनाले कोरोनालाई जितेका छन ।

यस्तै बिहिवार थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ७ जना ,भुमिकास्थान नगरपालीकामा ३ जना, र छत्रदेव गाउँपालीकामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २५ सय ९१ पुगेको छ ।

अर्घाखाँची कोरोना विवरण 

 

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १९२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालीमा ३५ जना , शितगंगा नगरपालीकामा ८ जना, मालारानि गाउँपालीकामा १८ जना, पाणिनि गाउँपालीकामा ३६ जना र छत्रदेव गाउँपालीकामा ३० जना सक्रिय संक्रमित रहेका छन । संक्रमणका कारण हालसम्म ६६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्