नेपाल शिक्षक महासंघ अर्घाखाँचीद्वारा भुमिकास्थानमा आफ्नो मागहरु पूरा गर्न भन्दै आज धर्ना कार्यक्रम

| २०७८ असार १८ गते १५: ४७ मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

भुमिकास्थान। भुमिकास्थान नगरपालिका अगाडि नेपाल शिक्षक महासंघले आफ्नो मागहरु पूरा गर्न भन्दै आज धर्ना कार्यक्रम  सम्पन्न गरेको छ। 
    
 चरणबद्द आन्दोलनको क्रममा आज असार १८ गते भुमिकास्थान नगरपालिका  को प्राङ्गणमा  शिक्षकहरुले बिहान ९:४५बजे देखि १: ०० बजे सम्म धर्ना कार्यक्रम गरेका थिए। 

शिक्षकहरुलाइ स्कुल संचालन हुन भन्दा अगाडि कोभिड बिरुद्दको खोप लगाउनु पर्ने , राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने , संघिय शिक्षा एन जारी गर्नुपर्ने र बाल बिकास शिक्षिका हरुको पारिश्रमिक उचित  ब्यबस्थापन गर्नुपर्ने , बिधालय कर्मचारिहरुको समस्या सुनुवाइ गर्नुपर्ने जस्ता माग राख्दै शिक्षक महासंघ आन्दोलनमा छ। 

प्रतिक्रिया दिनुहोस्