शुक्रवार अर्घाखाँचीमा १८ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृ'त्यु

| २०७८ असार १८ गते २१: ०३ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ८ जना,शितगंगा नगरपालीकामा ७ जना,मालारानी गाउँपालीकामा १ जना र पाणिनी गाउँपालीकामा २ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २६ सय ९ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा २०८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ७२ जना, भुमिकास्थान नगरपालीमा ३५ जना, शितगंगा नगरपालीकामा १५ जना, मालारानि गाउँपालीकामा १८ जना, पाणिनि गाउँपालीकामा ३८ जना र छत्रदेव गाउँपालीकामा ३० जना संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २३ सय १८ जनाले कोरोनालाई जितेका छन ।

आजको अर्घाखाँची कोरोना विवरण 

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी थप २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यससंगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ६८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्