अर्घाखाँचीको बिकासको लागि आफू सधैं लागिपर्ने,बिकासको काममा अनियमितता गर्ने कसैलाई नछाड्ने : कानुन मन्त्री आचार्य

| २०७८ असार १९ गते १८: ५७ मा प्रकाशित

सबिता आचर्य,अर्घाखाँची।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले जिल्लाको  बिकासको लागि आफू सधैं लागिपर्ने बताउनु भएको छ साथै उहाँले अर्घाखाँचीमा तिब्र रुपमा बिकाशले गति लिने बताउनु भयो। बिकासको नाममा कसैले दुरुपयोग गरे  जनताले खबरदारी गर्ने  बताउनु भएको छ।

नेकपा एमाले अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित सम्मान कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकारद्वारा विनियोजित बजेटको सहि रुपमा सदुपयोग भए मात्रै बिकासको कामले गतिलिने बताउनुभयो ।

उहाँले जनताको करबाट संचित बजेटको सहि रुपमा सदुपयोग हुनुपर्ने भन्दै बिकासको काममा अनियमितता गर्ने कसैलाई नछाड्ने चेतावनी दिनुभयो ।मन्त्री आचार्यले यसै बर्ष जिल्लाका ७ वटा मुख्य सडक कालोपत्रे हुने ,घरघरमा पानीको धारा पुर्याउने गरि बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले चुनावको समयमा गरिएकाअधिकाम्स प्रतिबद्धता पूरा भएको भन्दै बाँकी प्रतिबद्धता समेत समयमै पुरागर्ने बताउनुभयो ।

वर्तमान सरकारले शिक्षा ,स्वास्थ्य ,यातायात ,सिंचाइ ,खानेपानी र विद्युतको क्षेत्रमा धेरै काम गरेको उहाँको भनाइ थियो ।नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँचीका संयोजक समेत रहनुभएका मन्त्री आचार्यले नेकपा एमालेको लोकप्रियतालाई कसैले कमजोर पार्न नसक्ने बताउनुभयो ।

उहाँले बाह्य शक्तिको चक्रव्युमा फसेर पार्टीका केही नेताहरु प्रचण्डको मोतियार भएको भन्दै सावधानीका साथ काम गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

सामाजिक दुरी कायम गरि सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री , जिल्ला सहसम्योजक पिताम्बर भुसाल  ,जिल्ला सचिव तोजबहादुर रायमाझी ,जिल्ला सचिवालय सदस्यहरु युवराज श्रेष्ठ ,श्रीकृष्ण भुसाल ,रामबहादुर रायमाझी ,रामचन्द्र पोख्रेल ,मोतिजङ्ग रायमाझी ,लिल बहादुर बि.क.विष्णु आचार्य,नारायण अर्याल ,सफि मियाँ ,शुशिला गैरे,शुष्मा श्रेष्ठ ,नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्षहरू शाेभाखर पन्थी र हिम बहादुर जि.सी.लेकाली लगायतको उपस्थिति रहेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्