नेपाल तरुण दल अर्घाखाँचीकाे बैठक सम्पन्न

| २०७८ असार १९ गते २१: ३४ मा प्रकाशित

 लिलामणि पाेख्रेल।नेपाल तरुण दल जिल्ला कार्य समितिको अर्घाखाँचीको सचिवालय बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।  

नेपाली कांग्रेसको  १४ औँ महाधिवेशन केन्द्रित तरुण दलको पुर्व तयारीको संगै तमाम प्रस्तावहरु माथी व्यापक छलफल गरि महत्त्वपूर्ण निर्णयहरु गरेको छ। नेपाली कांग्रेसका  जिल्ला पु सभापति  विष्णु प्रसाद खनाल ( मुस्कान)  र शितगङ्गा नगरपालिकाका मेयर  सुर्य प्रसाद अधिकारी  समेतकाे उपस्थिति रहेको थियोे । 

नेपाल तरुण दलको जिल्ला सहसचिवमा  अर्जुन पोखरेल सङ्घर्ष लाइ मनोनीत गरेको छ । नेपाली कांग्रेस तरुण विभागको लुम्बिनी प्रदेश सदस्यमा मनाेनित जमसेर मियालाई सम्मान गरिएको छ । बैठक जिल्ला अध्यक्ष नारायण खड्काकाे अध्यक्ष्तामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्