श्याम घिमिरे।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकामा १ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २६ सय १३ पुगेको छ ।
अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा २१२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ७५ जना, भुमिकास्थान नगरपालीमा ३६ जना, शितगंगा नगरपालीकामा १५ जना, मालारानि गाउँपालीकामा १८ जना, पाणिनि गाउँपालीकामा ३८ जना र छत्रदेव गाउँपालीकामा ३० जना संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २३ सय ३३ जनाले कोरोनालाई जितेका छन । यस्तै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ६८ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्