अर्घाखाँचीमा आजदेखि पत्रकारकाे क्षमता विकास सम्बन्धी तालिम सुरु (तस्विर सहित)

| २०७८ असार २० गते १७: २८ मा प्रकाशित

नबिन रसाइली। अर्घाखाँची जिल्लामा रहेको नेपाल पत्रकार महासंघद्वारा पत्रकार प्रवर्द्धनात्मक तथा पत्रकारिताको क्षमता विकास सम्बन्धि तालिम सुरु भएको छ ।

पत्रकारिताको क्षमता विकास सम्बन्धि तालिम सुरु

आज आइतबार तालिमको उद्घाटन भएको छ । उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुशल भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य सुर्य प्रसाद भुसाल , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष निम बहादुर रिजाल तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

पत्रकारिताको क्षमता विकास सम्बन्धि तालिम 

तालिममा प्रशिक्षार्थीहरले पत्रकारिताका आचार सहिता, समाचार कसरी लेख्ने, रेडियो कार्यक्रम सञ्चालन कसरी गर्ने जस्ता कुरा सिक्ने छन् ।

पत्रकार तालिममा सहभागी पत्रकार हरु 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल 
बिक्रम थापा

 

प्रतिक्रिया दिनुहोस्