नागरिकलाई नि:शुल्क कोरोना खोप उपलब्ध गराउन अखिल क्रान्तिकारी अर्घाखाँचीका इन्चार्ज खड्काको आग्रह

| २०७८ असार २१ गते १८: ३२ मा प्रकाशित

अनिल नेपाली,अर्घाखाँची।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीका जिल्ला ईन्चार्ज नबिन खड्का बारुदले यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गर्नुभएको छ ।

स्वतन्त्र रुपमा नागरिकले बाच्न पाउनुपर्ने नैसगिक अधिकार भएको बताउदै आइतबार निशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि आयोजना गरेको दबाबमुलक कार्यक्रमलाई अर्घाखाँचीको शान्तिबगैचामा सम्बोधन गदै खड्काले यस्तो बताउनुभएको हो ।

खड्काले बर्तमान सरकार कम्युनिस्टको नाममा पुजीबादी भएको भएको बताउदै पुजीबादी सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेकोले सम्पूर्ण नागरिक अब बैज्ञानिक समाजबादको दिसा तर्फ लाग्नुपर्ने बताउदै आफुहरुले पात्र बदल्ने नभई व्यबस्थाका विरुदमा कडा सघर्ष गर्ने बताए ।

बर्तमान सरकार हाल देशमा घटिरहेका छुवाछुतका घटना र पछिल्लो समय रुपा सुनार घटनामा सरकारका मन्त्रीसमेत मुछिएको प्रसङ्ग उठाउदै यस्ता समस्यालाई सरकारले तत्काल दीर्घकालीन समाधान दिने गरी कदम चाल्न ध्यानाकर्षण गराए कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बाबुराम एसकेले बर्तमान सरकारले नागरिकलाई कोरोनाको खोप समेत उपलब्ध गराउन नसक्नु दुखदायी भएको बताउदै नागरिकलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारको प्रत्याभुति गराउनुपर्ने बताए ।

कार्यक्रम संगठनका जिल्ला सचिब गिरिजा खड्काको अध्यक्षता उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्लेट कार्ड सहित प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्