अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ

| २०७८ असार २१ गते १९: ४० मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्कबाट बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 सन्धिखर्क नगरपालिका-७ उपल्लो फुदवांगमा स्थानीय बालिकालाई जबरजस्ती करणी गरेर अचेत अवस्थामा छाडेर फरार रहेका सन्धिखर्क ७ लामीडाँडाका १२ वर्षीय रमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। 

जंगलमा टाउकोमा चोटसहित अचेत अवस्थामा भेटिएकी बालिकालाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको थियो। घटनाको अनुसन्धान गर्दा बालिकाले आफुलाई जबरजस्ती गरी कुटपिट गरेर अचेत अवस्थामा छाडेर भागेको बताएपछि प्रहरी परिचालन गरी नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए। 

फरार रहेको १२ घण्टामै स्थानीय जंगलबाट पक्राउ परेका उनलाई करणी सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्