अर्घाखाँचीमा आज ४४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए: थप ७ जना संक्रमित थपिए

| २०७८ असार २१ गते १९: ५९ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३ जना, भुमिकास्थान नगरपालीकाबाट ११ जना,मालारानी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीबाट २६ जना गरी ४४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै हालसम्म २४ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन ।

यस्तै सोमवार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना , मालारानी गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २६ सय २५ पुगेको छ ।

कोरोना विवरण 

 

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १४० जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ६७ जना, भुमिकास्थान नगरपालीमा २५ जना , शितगंगा नगरपालीकामा १२ जना, मालारानि गाउँपालीकामा ७ जना, पाणिनि गाउँपालीकामा २५ जना र छत्रदेव गाउँपालीकामा ४ जना सक्रिय संक्रमित रहेका छन । संक्रमणका कारण हालसम्म ६८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्