मालारानीको बाँगीमा विपि स्मृति भवनको शिलान्यास

| २०७८ असार २३ गते १८: १६ मा प्रकाशित

कमला पोख्रेल,अर्घाखाँची। अर्घाखाँचीको मालारानी ५ बाँगीमा निर्माण हुन थालेको विपि स्मृति भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । 

आज एक कार्यक्रमका बिच वैदिक विधिपुर्वक पुजाआजा गरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले शिलान्यास गर्नु भएको हो । भवनको शिलान्यास गर्दै सचेतक क्षेत्रीले प्रदेश तथा केन्द्रीय सरकार दुबैले नैतिकता गुमाएको बताउनु भयो । 

उहाँले लुम्विनी प्रदेश सरकार अल्पमतमा परेपनि नैतिकता गुमाएर सत्तामै बसिरहेको बताउदै तत्काल विश्वासको मतको सामना गरेर देखाउन  चुनौती दिनु भएको छ । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु क्षेत्री, जिल्ला आमन्त्रीत सदस्य ठाकुर प्रसाद पन्थी, शान्ती माविका प्रधनाध्यापक मानबहादुर पाण्डे, जग्गादाताहरु बाबुराम खनाल, लोकबहादुर खनाल, बलाराम खनाल, बाँगी स्वास्थ्य चौकी प्रमुख जयलाल पन्थी, रिपोर्टस क्लबका प्रदेश संयोजक रामकुमार क्षेत्री  लगायतले मन्तब्य राख्नु भएको थियो । 
 
कार्यक्रम नेपाली कांग्रेस बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, सचिव नारायण प्रसाद भुसालको सञ्चालन र बाँगीका पुर्ब पाटी सभापति झबिन्द्र बहादुर खड्काको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्