प्रतिमान निमा स्मृति प्रतिष्ठानद्धारा जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वास्थ सामाग्री सहयोग

| २०७८ असार २४ गते ११: ५१ मा प्रकाशित

अशोक खनाल।प्रतिमान निमा स्मृति प्रतिष्ठानले अर्घाखाँची जिल्ला अस्पताललाई स्वास्थ सामाग्री सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबिच प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख ठाकुर कुमार बिक, अस्पताल बिकाश समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.कपिल गौतमलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले ४० लि. क्षमताको अक्सिजन सिलिन्डर ५ थान,अक्सिजन रेगुलेटर ५ थान,१० लिटर क्षमताको अक्सिजन कन्सट्रेटर ५ थान, ,३०*१५ को मेडिकल टेन्ट १ थान लगायतका स्वास्थ सामाग्रीहरु सहयोग गरेको हो । उक्त स्वास्थ सामाग्री प्रतिष्ठानलाई अमेरिका संस्था होप प्रोजेक्टले सहयोग गरेको हो ।

भैरहवामा अवस्थित उक्त प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गरिरहेको छ । जिल्लामा कोरोना भाइरसको तेस्रो भेरियण्टको जोखिम रहेको भन्दै प्रतिष्ठानले पूर्व तयारी स्वरुप उक्त सामाग्री अस्पताल पठाएको हो ।

सहयोगको लागि प्रतिष्ठानलाई जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, नगर उपप्रमुख ठाकुर कुमार बिक, अस्पताल बिकाश समितिका अध्यक्ष श्रीकृष्ण भुसाल,अर्घाखाँची अस्पता का प्रमुख डा.कपिल गौतम अर्घाखाँची अस्पतालका फोकल प्रसन बिबेक बिराट खनाल तथा जन स्वास्थ निरीक्षक गणेश पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्