अर्घाखाँचीमा कोरोनाबाट मृ'त्यु भएका परिवारलाई राहत स्वरुप एकलाख दिने घोषणा

| २०७८ असार २५ गते २२: २३ मा प्रकाशित

झनक केसी। अर्घाखाँची जिल्लाका स्थानिय निकायहरुले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका छन् ।  

जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका हुन् । 

हाल सम्म अर्घाखाँचीमा कोरोनाका कारण ६८ जनाका मृत्युु  भएको डाटाले देखाएको छ। मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भनी घोषणा गरेका हुन। 

जिल्लामा गतवर्ष देखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जस मध्य  सन्धिखर्क नगरपालिकामा २० जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११, पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन्। 

राहत पाउनेले आवस्यक कागजात पिसिआर चेक गरेर पोजेटिभ भएको प्रयोगशालाको रिपोर्ट।कोरोनकै कारण मृत्यु भएको भन्ने चिकित्सक वा स्वास्थकर्मिको सिफारिस,मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित पेस गरिएमा राहत पाउने भएका छन। 

यो नियम लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणका मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने निर्यण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्