समाजसेवी राधिका चुँदालीको पहल र डिम्पल आजवानीको सहयोगमा मिर्गौंला पिडित शिबबहादुर गन्धर्वलाई सहयोग रकम हस्तान्तरण

| २०७८ असार २६ गते ००: ५६ मा प्रकाशित
कमला थापा व्यवस्थापक

कमला थापाका अन्य रिपोर्टहरु :

Kamala Thapa, Sandhikharka.Financial assistance has been transferred for the treatment of Shiva Bahadur Gandharva, a resident of Bhaktedanda in Dharpani of Ward No. 10 of Sandhikharka Municipality in Arghakhanchi District.Radhika Chundali, a social worker from Sandhikharka Municipality, Ward No. 10, Dharmapani, who is currently working in Dubai, has a personal salary of Rs. 1,625 and a social worker, Mahesh Chundali.In the presence of social workers Yuvaraj Thapa and Mahesh Chundali, Rs.Shiva Gandharva, a kidney patient, has been advised to undergo continuous dialysis as per the doctor's advice. Continuous dialysis requires a large sum of money, so the dignitaries who want to help can contact 9860481230.

We would like to thank the Arghakhanchi Bulletin Family Special for donating Rs 32,560 to Manki Dhani Diwani Ajwani who lives in Dubai.

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका वडा नम्बर - १० धरपानीको भक्तेडाँडा निवासी दुवै मिर्गौंला पिडित शिवबहादुर गन्धर्वको उपचारको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० धरमपानी जन्म घर भई हाल रोजगारिको शिलशिलामा दुबईमा कार्यरत रहनुहुने समाजसेवी राधिका चुँदालीको ब्याक्तिगत १,६२५ रुपैँया र समाजसेवी युवा महेश चुँदलीको १,००० रूपैया साथै दुबईमा रहनुहुने समाजसेवी डिम्पल आजवानीको ३२,५६० (बत्तीस हजार पाँच सय साठी )अमुल्यवान सहयोगमा ३५ हजार १ सय ८५ रूपैंया आज समाजसेवी युवराज थापा र महेश चुँदालीको उपस्थितिमा भक्तिटोलामा रहेको अर्घाखाँचीबुलेटिन को कार्यालयमा मिर्गौँला पिडित शिवबहादुर गन्धर्वलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। 

आर्थिक सहयोग हस्तान्तरण 

मिर्गौंला पिडित शिव गन्धर्वलाई डाक्टरको परामर्श अनुसार निरन्तर डाईलोसिस गर्नुपर्ने सल्लाह सुझाब आएको छ। निरन्तर डाईलोसिस गर्नका लागी मोटो रकमको खाँचो पर्ने हुन्छ तेसैले सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले 9860481230 नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ। 

दुबई मा रहनुहुने सहयोगी मनकी धनि डिम्पल आजवानीलाई ३२,५६० सहयोग गर्नु भएकोमा अर्घाखाँची बुलेटिन परिवार स्पेशल धन्यबाद  दिन चाहन्छौँ। 

प्रतिक्रिया दिनुहोस्