डिभिजन बन कार्यलय अर्घाखाँची को समिक्षा बैठक सम्पन्न :आर्थिक बर्ष ७७/७८ मा भौतिक प्रगति ९९ र बित्तिय प्रगति ९७ प्रतिसत

| २०७८ असार २८ गते १४: ५० मा प्रकाशित

एसपी भुसाल,सन्धिखर्क। जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले बन क्षेत्रमा हुने चोरि निकासि आगो लागिका घटनाहरु कम गर्न सबै सरोकारवाला एक जुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।

 डिभिजन बन कार्यलय अर्घाखाँची ले सन्धिखर्कमा आयोजना गरेको जिल्ला बन क्षेत्र समन्वय समिति को बैठक तथा आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक समीक्षा गोष्टिमा बोल्दै कार्यक्रम का प्रमुख अतिथि न्यायाधीश न्यौपानेले सो कुरा बताउनु भएको हो ।कार्यक्रममा डिभिजन बन अधिकृत मोहन श्रेष्ठले डिभिजन बन कार्यलयले कोभिड महामारीको बेलामा पनि नियमित गरिरहेको कामहरु बन बिकास डडेलो नियन्त्रण अग्नि रेखा नियन्त्रण डिभिजन बन कार्यलय बाट आर्थिक बर्षमा भएका कामहरु नर्सरी निर्माण सब डिभिजन कार्यलय हरुले गरेका कामहरु चुरे तथा अन्यक्षेत्रमा भएका कामहरु सामुदायिक बनहरुको अबस्था निजि आवद्धि सामुदायिक  बनहरुमा सङकलन गरिएका काठ दाउराहरु तथा पर्यटन बिकासका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

समिक्षा बैठक

कार्यक्रममा नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेकपा एमालेका नेता जनार्दन खनाल नेकपा माओवादि केन्दका नेता छमकुमारि खनाल चिनारि राष्ट्रिय प्रजातन्त्र पार्टीका देवि बहादुर खड्का राजपा का नेता मनिष सिह परिवार दलका डिल्लीराज भुसाल उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ सेम्बर का अध्यक्ष असोक कुमार श्रेष्ठ सामुदायिक बन महासघका अध्यक्ष रामचन्द्र पोख्रेल  पत्रकार महासघका केन्द्रीय प्रतिनिधि परिषद सदस्य सुर्य प्रसाद भुसाल लगाएतले डिभिजन बन कार्यलय अर्घाखाँची ले गरिरहेको काम बनक्षेत्रमा देखिएका सम्स्या चुनौती राजनीति पार्टि सरोकारवाला को भुकिकाआगोलागि नियन्त्रण का बिषयमा भनाईहरु ब्यक्त गर्दै काम धेरै कुरा कम गर्ने बेला आएको बताएका थिए ।कार्यक्रम सहायक डिभिजन बन अधिकृत सिला पोख्रेलको सन्चालन सहायक बन अधिकृत  मोती पौडेल यादब साप्कोटा हरि थापा पन्नालाल भट्टराई मरिच लामा लगाएतका अधिकृतहरु तथा अन्य कर्मचारी हरुको उपस्थिति रहेको कार्यक्रम को अध्यक्षता जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्माले गर्नु भएको थियोे कार्यक्रममा डिभिजन बन कार्यलयले यश आर्थिक बर्षमा बित्तिय प्रगति ९७ प्रतिसत र भौतिक प्रगति ९९ प्रतिसत गर्न सफल भएको भन्दै सबैले डिभिजन बन अधिकृत मोहन श्रेष्ठ सहितका कर्मचारी हरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्