समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार छत्रदेब ५ मा गाँजा फडानी कार्यक्रम सम्पन्न(भिडियो सहित)

| २०७८ असार २८ गते १७: ३० मा प्रकाशित

अर्घाखाँची। आज प्रहरी चौकी अर्घातोष अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार प्रहरीको टोलीले गाँजाका बोटहरु नष्ट गरेको छ। 

छत्रदेवमा गाँजा फडानी गर्दै 

गाँजा फडानी कार्यक्रम प्र.स.नि. मान बहादुर ज्ञवालीको कमाण्डमा प्रहरी टोली  प्रहरी र स्थानियबासी, समाजसेवी, बुद्धिजिबि, युवाहरुको उपस्थितिमा जिल्ला अर्घाखाँची छत्रदेब गाउँपालिका वडा नं.५  बहखोर स्थित सार्वजनिक स्थानमा आफै उम्रिएका अं ५,००० सय गाँजाका बोटहरु नष्ट गरिएको हो।

छत्रदेवमा गाँजा फडानी गर्दै नेपाल प्रहरी 

प्रतिक्रिया दिनुहोस्