स्वास्थ्य कार्यालय अर्घाखाँचीले ८० बर्ष उमेर भन्दा माथीका जेष्ठ नागरीकलाई आज कोभिसिल्डको दोस्रो मात्रा लगाईदिने

| २०७८ असार ३० गते ००: ३४ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। स्वास्थ्य कार्यालय अर्घाखाँचीले आज कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाईदिने भएको छ ।

 जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको असार २८ गते बसेको बैठकको निर्णय अनुसार फागुन २३ गते देखी चैत्र २ गतेसम्म अर्घाखाँची अस्पताल केन्द्रबाट कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ८० बर्ष उमेर भन्दा माथीका उमेर समुहका जेष्ठ नागरीकलाई आज दोस्रो मात्रा दिईने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले जानककारी दिनुभएको छ ।

यस्तै आज (असार २९ गते) छुट भएका पहिलो प्राथमिकतामा परेका समुहलाई पनी आज नै खोप लगाइदिने कार्यालयका सुचना अधिकारी बिजय बिकले बताउनुभएको छ ।

यसैबिच १५० जनालाई मात्र खोप पुग्ने भएकोले अर्घाखाँची अस्पताल केन्द्रबाट खोप लगाएका जेष्ठ नागरीक बाहेक अन्य केन्द्रबाट खोप लगाएका जेष्ठनागरीकहरुले दुःख नपाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । खोप लगाउन आउदा खोप कार्ड र परीचय खुल्ने कार्ड अनिबार्य साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्