महङगी र कालो बजारीका बिरुद्धमा सन्धिखर्कमा बिरोध प्रदर्श: सम्पुर्ण समस्याहरुको समाधान वैज्ञानिक समाजवाद

| २०७८ असार ३० गते ०१: ०८ मा प्रकाशित

गुरुदेब खनाल,अर्घाखाँची। विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले महङ्गो र कालो बजारीका बिरुद्धमा बिरोध प्रदर्शन कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 

अखिल (क्रान्तिकारी) को केन्द्रिय सर्कुलर अनुसार आज महङगी र कालोबजारीका बिरुद्ध बिरोध प्रदर्शन कार्यक्रम गरिएको जनाइएको छ । 
उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नविन खड्काले देश अस्थिरतामा गयो, दलाल संसदिय ब्यबस्था असफल भयो, दलाल संसदिय ब्यबस्थाले नागरिकहरुलाई हरेक क्षेत्रमा दमन गरिरहेको छ, शोषण गरिरहेको छ , हरेक क्षेत्रमा नेपाली जनतालाई आत्महत्या गर्न बाध्य बनाइएको छ यो महङगी र कालोबजारी नियन्त्रण गर्नको लागि इन्धनको मुल्य ह्यात्तै बढ्दा पनि महङगि बढेको बताएका छन।

 महङ्गो र कालो बजारीका बिरुद्धमा बिरोध प्रदर्शन कार्यक्रम सन्धिखर्कमा

 कालो बजारी र महङगि नियन्त्रण गर्नका लागि हाम्रो पार्टी र संगठन सदैव साथमा रहेको बताएका छन । यस्तै प्रतिबन्धको बेलामा गिरफ्तार गरेका नागरिकता, झोला, नगद पैसा, बाईक, पैसा लगाएतका सामानहरु यो दलाल सरकारका मतियार हरुले आफ्नो निजि सम्पति जस्तो गराएर राखेका छन र अहिले सम्म बारम्बार छलफल गर्दा समेत नदिएको बताएका छन । 

यस्तै कार्यक्रम संचालन गर्दै अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसके ल गर्विलो इतिहास बोकेको हाम्रो देश अहिले एक्काइसौँ शताब्दी सम्म पुग्दा महङगि र भ्रष्ट्रचार र कालोबजारीले चुर्लुम्मै डुबेको छ, युवाहरुले पठाएको रेमिटान्सले देशका नेता भ्रष्ट्रचारीहरुको तलब सुबिधामा खर्चिएका बताएका छन ।

 यसको बिरुद्धमा नेपालका सम्पुर्ण युवाहरु एकजुट भएर नेपाललाई स्वर्णिम बनाउन लाग्नु पर्ने र महङगि, कालोबजारी, भ्रष्ट्रचार, बिभेद लगाएत सम्पुर्ण अन्यायिक  कार्यको अन्त्यका लागि वैज्ञानिक समाजवादमा हुने बताएका छन । 

यस्तै अन्य जिल्लामा क्रियाशिल संगठनहरुलाई पनि राष्ट्रियताका लागि, अर्घाखाँचीमा निशुल्क शिक्षाका लागि एकजुट भएर संघर्ष गर्न आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्