कृषि ज्ञानकेन्द्र अर्घाखाँचीको वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न, उत्पादनको आधारमा अनुदान दिनुपर्छ–जिसस प्रमुख भुसाल

| २०७८ असार ३० गते ०२: ०० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले कृषकलाई उत्पादनको आधारमा अनुदान दिएमा मात्रै प्रोत्साहीत भै उत्पादनमा बृद्धि हुने बताउनु भएको छ । 

कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले मंगलवार सन्धिखर्कमा आयोजना गरेको सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रममा तथा वार्षिक प्रगती समिक्षा कार्यक्रममा मनतब्य राख्दै शर्माले निर्वाहमुखि कृषिलाई परीवर्तनगरी व्यवसायिक रुपमा कृषि गर्नुपर्नेमा जोड दिनुभएको हो।

जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल,निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष विरेन्द्र केसीलगायतले मनतब्य राख्नुभएको थियो । ज्ञानकेन्द्रका कार्यालय प्रमुख राममिलन प्रसाद बिश्वकर्माको अध्यक्षता र केन्द्रका कर्मचारी बलराम घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख बिश्वकर्माले कार्यालयले गरेको काम र त्यसको प्रगतिको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यालयले आ.व २०७७/०७८ मा ७५ प्रतिशत कार्य सम्पन्न गरेको र ६७ प्रतिशत वित्तिय प्रगति भएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्