अर्घाखाँचीका कर्तव्य ज्यानमा फरार रहेका रास्कोटी मगर १४ बर्षपछी पक्राउ

| २०७८ असार ३० गते २०: १७ मा प्रकाशित

अर्घाखाँची।जिल्ला अर्घाखाँची जिल्लाको साविक मैदान गा.बि.स.वार्ड नं.९ भर्तापुर बस्ने गगन सिंह सुर्यवंशीको कान्छो छोरा बर्ष २१ को नारायण बहादुर सुर्यवंसी को हत्या गर्ने हुम बहादुर रास्कोटी मगर १४ बर्षपछी पक्राउ परेका छन।

पुर्व रिसीबीका कारण मिति २०६४।०७।२६ गते दिन अन्दाजी दिउँसो १२ बजेको समयमा आफ्नै घरमा खाना खान लागेको अवस्थामा कुटपिट गर्दा निज नारायण बहादुर सुर्यवंशी सोही कुटपिटका कारण मृ'त्यु भएको थियो। 


घटना  पश्वात फरार प्रतिवादीहरु(अभियुक्त) मध्ये मिति २०७८।०३।२९ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा प्राप्त भएको विशेष सूचनाको आधारमा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वार्ड नं. १ उप्टहवा स्थित आफ्नै घरमा लुकिछिपी बसेको प्रतिवादी(अभियुक्त) हरु मध्ये जिल्ला अर्घाखाँची पाणिनी गाँउपालिका वार्ड नं. ५ बस्ने बर्ष ४२ को हुम बहादुर रास्कोटी मगरलाई प्रक्राउ गरेको हो ।

अभियुक्तलाई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा आज मिति २०७८।०३।३० गते कर्तव्य ज्यान मुद्दामा पाँच (५)  दिन म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्