नगरपालिकाको प्राङ्गणमा पार्किङ चिन्ह

| २०७८ सावन १ गते २०: १२ मा प्रकाशित

 नवीन रसाइली । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको कार्यालयको प्राङ्गणमा पार्किङ व्यवस्थालाई व्यवस्थित गर्न पार्किङ संकेत सहित ट्राफिक चिन्ह मार्किङ गरिएको छ ।

आज श्रावण १ गतेको दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक कार्यालय अर्घाखाँची, सन्धिखर्क नगरपालिका र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

 पार्किङ चिन्ह  

 

ट्राफिक संकेत नहुदा नगरपालिकाको प्राङ्गणमा जथाभावी सवारी साधनहरु पार्किङ गर्ने गरेका नगरपालिकाका कर्मचारीहरुले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्