सन्धिखर्क १० धरमपानीका मृगौला पीडित शिव गन्धर्वलाई आर्थिक सहयोग हस्तान्तरण (भिडियो सहित)

| २०७८ सावन ३ गते १८: ०९ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न. १० निवासी दुबै मृगौला पीडित शिव गन्धर्व लाई उनको उपचारार्था विभिन्न संघ सस्था तथा ब्याक्ती हरुले आर्थिक सहयोग गरेका छन। 

दुबै मृगौला पीडित शिव गन्धर्व लाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै 

दुबै मृगौला पिडित गर्न्धब विभिन्न सास्कृतिक क्षेत्रमा कृयाशिल थिए उनी नृत्य निर्देशन संघको जिल्ला उपाध्यक्ष तथा रास्ट्रिय संगीत कर्मी संघ नेपालको बरिस्ठ उपाध्यक्ष समेत हुन उनलाइ सनपा १० हाल कोरिया मा रहनु हुने दिपक राज बन्जाडे को पहलमा रु. ९४,४,१६ रुपिया , सनपा १ निबासी निर्माण ब्याबसायी बसन्त भुसाल बाट रु.५०००, जापान समाज अर्घाखाँची को सहयोगमा नेपाल पत्रकार महासंघ अर्घाखाँची बाट  रु. ५०००, सनपा १ निबासी मिश्र हाड्वयर का प्रोपाइटर प्रदीप मिश्र बाटरु. २००० र सनपा १० निवासी शिव प्रसाद चुदाली बाट रु.११०५ गरि कुल रु.१०७५२१  रकम वडा न.१० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली र  समाजसेवी सुमित्रा पौडेल को पहल र नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा को समन्वय मा वडा न. १० का अध्यक्ष चुदालि ले पीडित गन्धर्व लाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्