सन्धिखर्क नगरपालिका स्थित उपभोक्ता हकहित समिति को बैठक सम्पन्न

| २०७८ सावन ४ गते १८: ०९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल उधोग बाणिज्य संघ का महासचिव प्रदीप मिश्र चेम्बरअफ कमर्श का अध्यक्ष अशोक श्रेष्ठ जिल्ला स्थित शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सन्धिखर्क नगरपालिका का बिषयगत शाखा का प्रमुख हरु सरोकार तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

बैठकले उपभोक्त हरुको हित र संरक्षण का लागि सम्पुर्ण सरोकार वाला बिच अन्तरक्रीया गर्ने ,बजार अनुगमन गर्ने ,बोका तथा खसीको मूल्य प्रती केजि रु. ८१० कायम गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठक सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक को अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्