सन्धिखर्क ९ अर्घा खाडाका अति बिपन्न परिवारलाई क्षेत्रि र भुसालको सहयोगमा र चौहानको सक्रियतामा खाधान्न तथा मास्क वितरण

| २०७८ सावन ४ गते १८: ४५ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क।समाजसेवी तथा युवा व्यवसायी योगेन्द्र चौहानको सक्रियतामा सन्धिखर्क - ९ अर्घाका अति बिपन्न घरपरिवारलाई खाधान्न तथा सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। 

अर्घामा राहत वितरण 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० का वडा सदस्य,लंका यातायात प्रा.ली.का माहासचीव नव दुर्गा ग्रीलका प्रोपाईटर र युवा संघका केन्द्रीय सद्स्य एवं समाजसेवी ब्याक्तित्व श्री भेषराज क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारि र समाजसेवी तथा युवा (नेता ) व्यवसायी  बाबुराम भुसालको संयुक्त खाधान्न र सर्जिकल मास्क सहयोगमा वीहान बेलुका चुलो नबोल्ने अवस्थामा रहेका अर्घा खाडाका अति बिपन्न परीवारलाई खाधान्न तथा सर्जिकल मास्क बितरण गरिएको छ। 

राहत लिंदै खाडाका बिपन्न परिवार 

खाधान्न र सर्जिकल मास्क वितरण कार्यक्रम अर्घाखाँचीबुलेटीनका प्रबन्धक तथा समाजसेवी यूवराज थापा, युवा नेता एवं समाजसेवी ब्याक्तित्व योगेन्द्र चौहान ,समाज सेवी राजन केसी,समाज सेवी सन्दीप पान्डे,समाज सेवी राम प्रसाद भुसाल लगायतको उपस्थितिमा वितरण गरिएको हो। 

राहात हस्तान्तरण गर्दै समाजसेवी योगेन्द्र चौहानको समुह 
राहत वितरणमा अहोरात्र खटिदै समाजसेवी यूवराज थापा 
राहत प्राप्त भएपछि खुसि हुँदै चुलो निभेका परिवार 
राहत वितरणमा अहोरात्र खटिदै समाजसेवी सन्दिप पाण्डे योगेन्द्र चौहान 

 

प्रतिक्रिया दिनुहोस्