सन्धिखर्कमा काेराेना संक्रमण बढ्दाे

| २०७८ सावन ४ गते २३: २२ मा प्रकाशित

 प्रेमनारायण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा काेराेना संक्रमण बढेको छ । 

आज  वडा नम्बर ८ किमडाँडा र वडा नम्बर ३ मा बराहनेटामा गरेको एन्टिजेन्ट परिक्षणमा ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनु भयो  । वडा नम्बर ८ मा ३१ जनामा  र वडा नम्बर ३ बराहनेटामा ३८ जनामा परिक्षण  गरिएको थियोे ।

कोभिड १९ का बिरामीकाे संख्या बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरी दैनिक क्रियाकलाप गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आग्रह गर्नुभयो । काेभिडका कारण  स्वास्थ्यमा कुनै समस्या देखिएमा वा केही जानकारी र सहयाेगका लागि नगरपालिकाको स्वास्थ्य शाखा वा वडा कार्यलयमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ। 

साथै भाेलि देखि ५५ बर्ष माथीका ब्यक्ति र शिक्षकका लागि खाेप सञ्चालन हुने भएकोले परिचय खुल्ने कागजपत्र लिएर स्वास्थ्य सस्थामा गई खाेप लगाउन पनि स्वास्थ्य कार्यलय अर्घाखाँचीका राधाराम आचार्यले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्