अर्घाखाँचीमा मंगलवार ५१ जनामा कोरोना संक्रमण पुष्टी

| २०७८ सावन ६ गते ०३: १७ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा कोरोना संक्रमणदर फेरी उक्कालो लाग्दै गईरहेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणदर पुनःबढ्दै गएको हो । मंगलवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४४ जना,भुमिकास्थान नगरपालीकामा ३ जना,शितगंगा नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ५ जना, भुमिकास्थान नगरपालीकाबाट १ जना,मालारानी गाउँपालीकाबाट ३ जना,पाणिनी गाउँपालीकाबाट १ जना र छत्रदेव गाउँपालीकाबाट २ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २५ सय ५८ जनाले कोरोनालाई जितेका छन ।

अर्घाखाँची कोरोना विवरण

 

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ३१६ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १६७ जना, भुमिकास्थान नगरपालीमा ६८ जना, शितगंगा नगरपालीकामा १६ जना, मालारानि गाउँपालीकामा ४० जना, पाणिनि गाउँपालीकामा १९ जना र छत्रदेव गाउँपालीकामा ६ जना संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २५ सय ५८ जनाले कोरोनालाई जितेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ६९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्