गोरूसिङगे सन्धिखर्क सडकखण्ड अवरुद्ध

| २०७८ सावन ६ गते १९: ५८ मा प्रकाशित

बिष्णु कुमार आले ,अर्घाखाँची।अविरल बर्षाका कारण पहिरो जाँदा गोरूसिङगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको शितगंगा १२ सल्लेरीमा अहिले माथीबाट पहिरो खसेपछि दर्जनौं सवारी साधन रोकिएका छन् । 

ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको कमान्डमा प्रहरीको टोली पहिरो खसेको स्थलमा पुगेपनि सडक बिभागको डोजर आउदै गरेको र आएपछि मात्रै पहिरो हटाउने काम सुरू हुने प्रहरी सहि सालिकराम खनालले बताए । सडक अवरुद्ध भएपछि  गन्तव्यमा हिडेका यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । 

सडकमा पहिरो सहित ठूलो ढुङ्गा खसेको छ । ढुङ्गा डोजरले हटाउन सके सडक तत्कालै खुल्ने तर नसकेको खण्डमा सडकको कुनाबाट बैकल्पिक सडक खन्नु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्