अर्घाखाँचीको छत्रदेब गाउँपालिकाको गाउँपालिका सभापतिमा युबा नेता प्रकाश चन्द्र भट्टराईको उम्मेदवारी

| २०७८ सावन ९ गते ०४: ३८ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको सभापतिमा पुर्ब नेपाल बिध्यार्थी संघका अध्यक्ष एब काङ्ग्रेसका युबा नेता प्रकाश चन्द्र भट्टराईले उम्मेदवारी दिएका छन ।

द्वन्द्वकालमा ने.बि संघको जिम्मेवार सफलता पुर्बक समालेका भट्टराई ,जिल्लाकै प्रभावकारी युबा मा पर्दछन , ।

पार्टी समायोजन मा उदार देखियर अध्यक्ष छाडेका भट्टराई बिगत १४ बर्ष देखि निरन्तर राजनीतिमा सकृय छन , स्कुल , क्षेत्र र जिल्ला र केन्द्र तहको राजनितिमा अब्बल छवि राख्दै स्थानिय निर्वाचनमा काङ्ग्रेसलाई जिताउन सफल नेतृत्व भुमिका निर्बाह गरेका भट्टराइ स्थानीयवासीको मनमा बस्न सफल भएका छन ।

उनलाइ स्थानियतहका भरोसाको केन्द्र रुपमा मान्दछन , केन्द्र देखि जिल्ला तहमा स्पस्ट बक्ता एब सैद्धान्तिक मानिने भट्टराई आम जनता संग उत्तिकै आसाबादी मानिन्छन ,गाउपालिकामा चाकरीवाद र कसैको ह्विप नचल्ने हुदा उनको जित निश्चित छन ।

पार्टीका सबै तहका नेतित्वलाइ सङ्गै मिलाएर लैजान सक्ने तागत राखेका नेताको रुपमा रहेकाले उनी अब्बल मानिन्छन ।

भट्टराई यसो भन्छन पार्टिलाइ एउटा नवीन उर्जा दिन र गुठ उप गुठ अन्त्य गर्न अधुनिक एब सिस्ट्ममा पार्टीलाई चलाउन मेरो उम्मेदवारी हो , मेरो उम्मेदवारी प्राकृतिक रहेकाले कसैको प्रतिद्वन्द्वीमा हुदैन म सबैलाई मिलायर लैजान सक्छु , आगामी विभिन्न तहका निर्वाचनमा काङ्ग्रेसलाई अब्बल दर्जामा उभ्याउन पनि पालिकाको नेतृत्व लिनु पर्छ उनले भने ।

स्थानीय तहका काङ्ग्रेसहरु पनि प्रकाश चन्द्र जत्तीको नेताले उम्मेदवारी दिदा संघर्षशिल ब्याक्ती भएकोले सबैले सहयोग गर्नु पर्ने भन्दै , अरु हरु अन्य पद को लागि भिड्न र भट्टराईलाई सर्वसम्मत सभापतिमा निर्वाचित गराै भनेर लागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्