कोरोनाका कारण सन्धिखर्क ८ का वडा अध्यक्षको मृ'त्यु

| २०७८ सावन १० गते १८: ४२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोनाका कारण मृ'त्यु भएको छ । 
सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज आइतबार मृ'त्यु भएको  हो । 

कोभिडको विरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि आज भन्दा ४ दिन अघि हेलिकप्टरबाट उपचारकालागि काठमाण्डौ लगिएको थियो । 

स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रधनाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्