अर्घाखाँचीको छत्रदेवमा करेन्ट लागेर महिलाको मृ'त्यु

| २०७८ सावन ११ गते २२: ४९ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।अर्घाखाँची जिल्लामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीया कमला रानाको सोमबार करेन्ट लागेर मृत्यु भएको हो । उनी घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएको बताईएको छ ।

 करेण्ट लागेर गम्भिर घाइते उनको अस्पताल लैजाने क्रममा निधन भएको हो ।

उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्