वृद्ववृद्वाको साहारा बन्दै मालारानी ५ का वडा अध्यक्ष

| २०७८ सावन १२ गते २१: १२ मा प्रकाशित

रमेश बिश्वकर्मा ,अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिका वार्ड न ५ ले समाजिक सुरक्षा भत्ता लिन बैंक सम्म जान नसक्ने अपांग वृद्ववृद्वा लाई दिईने सामाजिक सुरक्षा भत्ताको सिफारिस गरेवापत लाग्ने रकम छुट दिएको छ गाउपालिकाले करको दायरामा ल्याउन को लागि हरेक सिपारिस गरे बापतको रकम तोकेरै पठाइएको छ यस अघि बैंक सम्म जान नसक्ने को हकमा ३०० लिइ सिपारिस गरिदै आएको मा अब देखि वृद्ववृद्वाको लागी गरिने सिपारिस बापतको पैसा नलिने पहिला लिएको पनि फिर्ता गर्ने वडा न. ५ का अध्यक्ष शोभाखर भुसालले बताउनु भयो।

यस्तै मालारानी गाउँपालिका वार्ड नं. ६ ले वृद्धा भत्ता, अपाङ्ग भत्ता, भुकम्पबाट क्षति, विद्युत मिटर, बाढी पहिरो लगायतको सिफारिस छुट दिएको अध्यक्ष नारायण प्रसाद अर्यालले जानकारी दिनु भयो। 

प्रतिक्रिया दिनुहोस्