डाक्टर संगको सामान्य छलफलको बिषयलाई हातपात भयो भनेर अतिरंजित गरियो: चन्द्र बहादुर खड्का ,सत्यतथ्य कुरो यस्तो रहेछ

| २०७८ सावन १३ गते २३: ३१ मा प्रकाशित

गुरुदेव खनाल। पुर्व सांसद चन्द्रबहादुर खड्का उज्वलले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई हातपात गर्नुका साथै एम्बुलेन्समा लात्ती प्रहार गरेका छ्न भन्ने विषय यस्तो छ ।

वास्तवमा हातपात भएको थिएन। नेता उज्ज्वल खडकाकी आमा एकदमै सिकिस्त बिरामी भएर जिल्ला अस्पताल जानू भएको थियो तर त्यहाँ  अस्पतालमा कुनै पनि डाक्टरले केही वास्त नगरेको र एम्बुलेन्स भाडा सोध्दा पनि भाडाको विषयमा केही जवाफ नदिएपछि, ल म मेरो आमालाई बुटवल लिएर जान्छु भनी गाडीको ढोका लगाउदा राम बहादुर चौहानलाइ हल्का धक्का मात्र लागेको कुरा खड्काले अर्घाखाँचीबुलेटिनका संवाददाता गुरुदेव खानल संगको कल संवादमा बताएका छन्। 

अहिले उहाँ बुटवल, लुम्बिनी अस्पताल अगाडि एम्बुलेन्समा उहाँ र आमा लाभारिस अवस्थामा कता जानी  के गर्ने भन्ने विषयमा गम्भीर स्थितिमा रहेको बताएका छन्। अर्घाखाँचीबुलेटिनका संवाददाता संगको कल संवादमा उहाँले अस्पतालमा प्रशस्त मात्रामा कीट भएपनि सहि सदुपयोग नभएको र सम्पुर्ण किट काम नलाग्ने,  खेर फाल्ने ,बिग्रीएको अवस्थामा रहेपछी, किन यहाँ यथार्थपन हुदैन भन्ने विषयमा केही डाक्टर सङ्ग चर्काचर्की  छलफल भएको थियो । सामाजिक संजाल यी विषयका कुराहरू अतिरन्जित भएर आएका छ्न । म अहिले एकदमै  गम्भीर समस्यामा छु यस विषयमा म प्रतिरोध गर्नेछु ,भन्ने कुराको जानकारी अर्घाखाँचीबुलेटिनलाई दिनुभएको छ ।

अर्घाखाँचीबुलेटिन परिवार उज्ज्वल खड्काकी आमाको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्