माओवादी केन्द्र निकट अ.ने.म.संघ (क्रान्तिकारी) सन्धिखर्क ९ काे वडा कमिटी गठन सम्पन्न

| २०७८ सावन १४ गते २३: ३५ मा प्रकाशित

सपना वि.क, अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सन्धिखर्क नगरपालिका वडा नं ९ काे वडा कमिटी गठन भएकाे छ । 

कार्यक्रममा प्रमुख अतिथि अ.ने.म. संघ केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष छमकुमारि खनालले पछिल्लो राजनिती उतरचढावकाे बारेमा प्रस्ट  पार्दै  महिलाहरु पार्टिका हरेक गतिविधिमा एकढिक्का भएर लाग्नु पर्ने बताउनु भएकाे थियाे । त्यस्तै विशिष्ट अतिथि वडा पार्टी वडा कमिटी अध्यक्ष बेदुराम भुसालले टाेप वहादुर रायमाझी पदकाे लागि जे पनि गर्ने भएकाे हुदा अब पार्टिमा फर्किए पनि सहजै स्विकार्न नहुने तल्लाे स्तरकाे कमिटि सम्म माफि माग्नु पर्ने बताउनु भएकाे थियाे । 

कार्यक्रममा अतिथि अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य तथा वडा नं ९ का निर्वाचित वडा अध्यक्ष देवि वहादुर रायमाझीले जनयुद्ध देखि नै महिलाहरुकाे याेगदान पार्टिमा अधिक रहेकाेले महिलाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्ने बताउनु भएकाे थियाे । कार्यक्रममा कमला थापा मगरकाे अध्यक्षतामा २१ सदस्यीय अ.ने.म. संघ (क्रान्तिकारी) ९ नं वडा कमिटि गठन भएकाे थियाे जसकाे उपाध्यक्ष बेलि वि.क, सचिव निर्मला खड्का, सहसचिव सविता रायमाझी, काेषाध्यक्ष रिता खनाल र अन्य सदस्यहरु रहनु भएकाे थियाे । 

कार्यक्रममा पार्टी नगर कमिटी सदस्य राम वहादुर थापा,मनिराम भुसाल,सुरज वि.क,अम्मर परियार, वडा कमिटि सचिव वसन्त वि.क, जेष्ठ कम्युनिस्ट मञ्च सदस्य ज्ञान वहादुर रायमाझी र हुम वहादुर रायमाझी काे आतिथ्यता थियाे भने पार्टी नगर कमिटि सदस्य कमला थापा मगरकाे अध्यक्षता, पार्टी वडा कमिटी उपाध्यक्ष कमला भुसालकाे स्वागत मन्तव्य तथा पार्टी वडा कमिटी सदस्य निर्मला खड्काकाे संचमलनमा करिव १०० जना महिलाहरुकाे उपस्थितिमा उत्साहपुर्ण रुपले कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्