प्रेमनारायण आचार्य,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरम्पानीका मृगौला रोगी शिव गन्धर्बको उपचारकालागि संकलित रकम हस्तान्तरण गरिएको छ ।
आफ्नै गाउँको भाई विरामी परेको खबर थाहा पाएपछि सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराईले आर्थिक रकम संकलनको अभियान सञ्चालन गर्नु भएको थियो ।
गरिब परिवारका शिवको उपचारकालागि आर्थिक समस्या भएका कारण विष्णु भट्टराई र उहाँका भाईहरु कुश भट्टराई र लब भट्टराईको पहलमा संकलन भएको १ लाख ७८ हजार एक सय रुपैया उहाँहरुका बुबा आमा गोविन्द प्रसाद भट्टराई र आमा पुनकला भट्टराईले आज शुक्रबार विरामी शिव गन्धर्बलाई हस्तान्तरण गर्नु भएको हो ।
गन्धर्बका दुबै मृगौलाले काम गर्न छाडेका छन् । मृगौला प्रत्यारोपण गर्नु पर्ने भएका कारण घरको अबस्था नाजुक भएपछि उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । यस अघि पनि उहाँको पहलमा गन्धर्बको उपचारका लागि १५ हजार १ सय ८८ रुपैया शिवको खातामा जम्मा भैसकेको थियो।
सन्धिखर्क १० धरम्पानीमा घर भै हाल इजरायलमा रहेका विष्णुले यस अघि पनि अर्घाखाँची जिल्लाका रोगी , असहाय, तथा गरिब ब्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
विष्णु भट्टराई र उहाँका भाईहरु लब भट्टराई र कुश भट्टराइको पहलमा संकलित एक लाख ७८ हजार १ सय रुपैया सहयोग गर्ने सहयोगी मनहरु निम्नानुसार रहेका छन् ।
1-) दिपक क्षेत्री रु- 2500 नेपाली 2-) इन्द्र भण्डारी - 100 सेकल 3-) लक्ष्मिधर गौतम - 100 सेकल 4-) सुनिता गिरी - 100 सेकल 5-) रबिन बुढाथोकी रु-2000 नेपाली 6-) संझना पन्त - 51 सेकल 7-) सन्जय (कृष्ण)चुँदाली - 200 सेकल 8- बिनु गिरी - 151 सेकल 9-) सुरेन्द्र दमाशे - 100 सेकल 10-) रेखा पन्त - 51 सेकल 11-) विशाल ज्ञवाली - 100 सेकल 12-) कुमार पौड्याल - 51 सेकल 13-) गोमा भुसाल - 50 सेकल 14-) राज दाहल - 51 सेकल 15-) गणेश गिरी - 100 सेकल 16-) खगेश्वर अधिकारी - 100 सेकल 17-) नयन सापकोटा - 100 सेकल 18-) निरु मल्ल - 105 सेकल 19-) बिजु कुँवर - 110 सेकल 20-) सन्दिप भण्डारी - 100 सेकल 21-) बबि क्षेत्री - 51 सेकल 22-) सैलेन्द्र याम्फु - 110 सेकल 23-) इश्वरि शर्मा - 51 सेकल 24-) कृष्ण भण्डारी - 51 सेकल 25-) कुश भट्टराई - 250 सेकल 26-) सन्तोष शिवाकोटी - 50 सेकल 27-) नाम नबताउने सर्तमा - 51 सेकल 28-) कुमार लिम्बू - 120 सेकल 29-) राज गुरुङ - 105 सेकल 30-) रुपा राई - 105 सेकल 31-) श्याम थापा - 70 सेकल 32-) आशा अधिकारी - 200 सेकल 33-) हिरा गुरुङ - 101 सेकल 34-) लिजा - 101 सेकल 35-) सागर प्रधान - 100 सेकल 36-) पन्ना गुरुङ - 100 सेकल 37-) पाहिम प्रकाश लिम्बू - 50 सेकल 38-) माग्नोलिया पाहिम याक्थुंमा - 50 सेकल 39-) लब्लि ( लब )भट्टराई - 500 सेकल 40-) खिमानन्द (आनन्द) भुसाल - 300 सेकल 41-) सरु बुढाथोकी - 100 सेकल 42-) सरोज घताने - 100 सेकल 43-) बिष्णु (आक्रोश ) काफ्ले - 100 सेकल 44-) बिष्णु प्रसाद भट्टराई - 205 सेकल र ईजरायल भन्दा बाहिरबाट वहाँहरुको सहयोग सिधै शिव भाईको खातामा जम्मा भै सकेको छ . 1-) रन्जित क्षेत्री - रु 4000-/ नेपाली ( मलेशिया बाट ) 2- ) रिषिराम पराजुली - रु 5860 नेपाली ( अमेरिकाबाट ) 3- ) पदम प्रसाद भुसाल - रु 3000 नेपाली (काठमाडौंबाट) 4-) कमल नेपाली रु - 2328 - नेपाली ( साउदिबाट)
प्रतिक्रिया दिनुहोस्