लकडाउनको पहिलो दिन सन्धिखर्क बजार पूर्णरुपमा ठप्प: ट्राफिक प्रहरीद्वारा चोक- चोकमा कडा चेकजाँच

| २०७८ सावन १७ गते १४: १५ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्लामा हिजो राती १२:०० बजे देखि निषेधाज्ञा जारी भएको आज पहिलो दिन सन्धिखर्क बजार पूर्ण  रुपमा ठप्प रहेको छ। 

अर्घाखाँचीका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले चोक- चोकमा कडा चेकजाँच र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको मोबाइल टोली माइकिङ गर्दै बजार अनुगमन तथा निरीक्षणमा डुलीरहेको अवस्था रहेको छ।

लकडाउन , लकडाउनमै मात्र सिमित होस । हिजोका दिनमा जस्तै पहुँच र शक्ति भएका मानिसले जिल्ला प्रशासन कार्यालयबाट  सजिलै सङ्ग पास लिइ सवारी साधन जथाभावी गुडाउने अनि गरीब दु:खीका लागि मात्र लकडाउन कदापि नहोस भन्ने अर्घाखाँचीबुलेटिन परिवार अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्