सन्धिखर्क १० मा आज गरिएको एण्टिजीन परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि 

| २०७८ सावन १९ गते १८: ५२ मा प्रकाशित

बिनोद थापा ,संधिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १० मा आज गरिएको एण्टिजीन परिक्षणमा ११ जना कोरोना संक्रमण देखिएको छ।

आज गरिएको ४७ जनाको एण्टिजीन परिक्षणमा साबिकको वडा नम्बर ७ मा ९ जना र गच्छेगैरामा २ जना गरि ११ जनामा कोरोना संक्रमण देखिएको सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिनु भएको छ। 

एण्टिजीन परिक्षण

४७ जनाको एण्टिजीन परिक्षण मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष चुँदालीले बताउनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्