सन्धिखर्क नगरपालिकाको कारण मेरो घर भत्कियो: बस्ने वास छैन, महिनौँ कुर्दा पनि पालिकाबाट जस्तापाता उपलब्ध हुन सकेन : सेते कुमाल

| २०७८ सावन २२ गते १५: २९ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १ पटुवा थुम निवासी सेते कुमालको घर नगरपालिकाका कारण भत्किएको जानकारी आएको छ। 

सन्धिखर्क नगरपालिकाले सेते कुमालको पहिले भएको घरको ढुंगाको छानोलाई हटाउँन लगाई १/२ हप्ता भित्र नै टिन उपलब्ध गराउँछौँ भन्ने आश्वासन दिएको र पालिकालले महिनौँ  बिति सक्दा पनि टिन उपलब्ध नगराएपछि अहिले निजको घर बर्षाका कारण भत्किएको छ। 

पिडित सेते कुमाल टिन पाउँने आशामा पटक- पटक नगरपालिका धाउँदा पनि कहिले भोलि दिन्छौँ कहिले टिन सकियो ,अब अर्को पटक टिन आएपछि उपलब्ध गराउँछौँ भन्दै झुटा आश्वासन दिएर  पर्खाइमा राखेको कुमालको घर अहिले भत्किएको छ,उनको बस्ने बास छैन तर सन्धिखर्क नगरपालिकाको गैर जिम्वेवारी कार्यका कारण आफ्नो घर भत्किन पुगेको उनि बताउँछन । 

सेते कुमालले बुलेटिनलाई जानकारी दिए अनुसार चुहिने ढुँगाको छानोलाइ नगरपालिकाले हटाउँन लगाई ,घरको छानोमा डाँडा ,भाटा हरु तयारि अवस्थामा राखी तस्विर लिएर पालिका आउँनु होला हामीहरु जस्ता पाता हजुरलाई उपलब्ध गराउँने छौं भन्ने कुरा पालिकाले अनुरोध गरेपछि कुमालले आफ्नो घरको छानोमा डाँडा ,भाटा हरु तयार परि नगरपालिकामा जस्ता पाता लिन गएको बताउँछन। तर पालिकाले सेते कुमाललाइ वितरण गर्ने जस्ता पाता सक्कीसकेको छन र हाललाई जस्ता पाता  उपलब्ध गराउँन नसक्ने बताए पछि निराश हुँदै घर फर्कीएको बताउनुभयो। 

नगरपालिकाले पटक -पटक  झुटा आश्वासन दिए पछि र जस्ता पात उपलब्ध नगराएपछि बर्षा देखि घर भत्किन बाट जोगाउँन स्थानीयहरुलाई प्लाष्टिकको सहयोग मागेका थिए ,उनको घरको छानोमा प्लाष्टिकले छोपिएता पनि घर भत्किन बाट बहने जोगिन सकेन। अहिले कुमाल घर भत्किएर अलपत्र अवस्थामा छन् सुत्ने र खाने कहाँ भन्ने ठेगान छैन।निजको घरको आर्थिक स्रोत एकदमै नाजुक र दयनीय रहेको छ। सरकार बाट अनुदान स्वरुप आएको जस्ता पाता पाउँनको लागि पनि नगरपालिका भित्र कि आफ्नो मान्छे चाहिँदो रहेछ ,सोर्स फोर्स लगाउँने ब्याक्ति हुनुपर्दो रहेछ म जस्ता गरिब र साधारण ब्याक्तिको अनुरोध कसैले नसुन्दो रहेछ।जसको घरमा जस्ता पाताको आवश्यकता छैन त्यस ब्याक्तिले जस्ता पाता धमाधम पाईरहेका छन तर म गरिब हुनुकै कारण अनुदान आएको जस्ता पातापनि नगरपालिका बाट पाउँन सकिन  जसको प्रतिफल म सडक मा आएँ ,म घरवार बिहिन भए ,मेरो घर भत्किएको अवस्थामा रहेको छ भन्दै गह भरि आशुँ लिएर सेते कुमालले बुलेटिन सामु गुनासो पोखेका छन्। 

आफन्त बाद र कृपा बादका कारण प्रधानपन्त्री स्वरोजगार देखि नेपाल सरकार बाट गरिबहरुको नाममा आउँने हरेक अनुदान सम्बन्धित ब्याक्तिहरुलाई वितरण नगर्दा अर्घाखाँचीमा गरिब जनताहरु ठुलो मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्