गृह सचिवको जिम्मेवारी अर्घाखाँचीका टेकनारायण पाण्डेलाई

| २०७८ सावन २५ गते २०: १९ मा प्रकाशित

काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।

यस अघि पाण्डे भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनी २०७६ सालमा सचिवमा बढुवा भएका हुन । गृह सचिव पाण्डेको स्थाही घर अर्घाखाँचीको छत्रदेवमा हो ।

प्रतिक्रिया दिनुहोस्