शितगंगाका पहिरो पिडित भन्छन नेता जि हाम्रो आँसु लाग्लानि कुनै दिन

| २०७८ सावन २७ गते १९: ५४ मा प्रकाशित

अर्घाखाँची। गत बर्ष पहिरो जाँदा शितगंगा नगरपालिकाको वडा नम्बर ११ र १२ का २ वटा गाँउनै भासिएर घरवार बिहिन भएका यहाँका १०७ घरधुरी मध्ये २७ घर परिवारको पुर्णरुपमा क्षति भएर घरवार बिहिनबन्न पुगे पनि राज्य बाट उनिहरुले बसाइको लागि ब्यवस्थापन हुन सकेको छैन ।

पहिरो गए पछि राहत लिएर आउने धेरै भए केही समय खाद्यान्न समस्या टरे पनि उनिहरुको बसोवासको बन्दोबस्ता अझै हुन सकेको छैन । तत्काल समयमै जिल्लाका सांसद,जनप्रतिनिधि ,देखि मन्त्री सम्मले अबलोकन र आश्वासन दिएर फर्केको अब बर्ष बित्न लाग्यो तर उनिहरुको अबस्था जस्ताको त्यस्तै रहेको छ ।

पहिरो क्षेत्रका प्रत्यक्ष १०७ सहित वरपरका धेरै घरपरिवार बसाइँ सरिसकेका छन भने केही भने जिर्ण घरमै बस्न बाध्य भएका छन ।  पिडितहरुलाइ नगरपालिका तथा वडाको समन्वयमा राहत कोष तथा एकद्वार राहत बितरण प्रणाली द्धारा खाद्यान्न ,लत्ताकपडा लगाएतको सहयोग भए पनि उनिहरुको स्थाइ बसोबासको लागि अझै ब्यवस्थापन हुन सकेको छैन । प्रदेश तथा केन्द्र सरकारले स्थानियतहलाइ जिम्मेवार लगाएर उम्कने गरेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो ।

स्थानिय तहले जग्गा ब्यवस्थापन गरे २ दिनमै ४ दिनमै घर बनाइदिन्छौ भन्दै प्रदेश तथा सघिय प्रतिनिधिहरुले तर्किए पछि ब्यवस्थापनमा समस्या उत्पन्न भएको छ । नगरप्रमुखले विभिन्न स्थानमा एकीकृत बस्तीका लागि पिडितहरुलाइ अनुरोध गरे पनि सबैले एकमत भएर जान नमाने पछि स्थानिय तहलाइ जग्गा ब्यवस्थापनमा समस्या भएको हो । नगरपालिका क्षेत्रमा खुल्ला ,सरकारी जग्गानै नभएकोले ब्यवस्थापन गर्न समस्या भएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

नगरप्रमुखले आफ्नोनिजि जग्गा समेत दिने गरि गंगाखोला क्षेत्रमा बस्ति बसाउन प्रस्ताव गरे पनि उनिहरुले नमान्दा ब्यवस्थापन गर्न सकिएको छैन । यता प्रदेश सरकारका प्रतिनिधिहरु केन्द्र सरकारका प्रतिनिधीहरुले गम्भीर भएर चाँसो नदिदाँ फेरि बर्खा लाग्दा उनिहरुको समस्या समाधान नभएको गुनासो हुनेगरेको छ ।

केही नेता तथा प्रतिनिधीहरुले कपिलवस्तु सँग जोडिएको क्षेत्रमा बसोबास गर्न भनेर प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले दिएका ट्रिपाल सहित बसेका उनिहरुलाइ कपिलवस्तु बन कार्यालयले भगाए पछि स्वयम टोप बहादुर रायमाझीले समेत त्यस बिषयमा आवाज नउठाए पछि त्यँहा बाट फेरि विस्थापित भएका छन । टोप बहादुर रायमाझीले दिएका त्रिपाल बन कार्यालयले लगिदिए पछि रायमाझीले त्रिपाल र्फिता समेत गराउन पहल नगरेको स्थानिय जनप्रतिनिधीको गुनासो छ ।

उनै टोप बहादुर रायमाझी मन्त्री बनेपनि समस्या समाधान हुने आसा गरेका त्यहाका नागरिकहरुले पदमा पुगेपछि एकपटक पनि चासौ नदिए पछि उनिहरु निरास छन । यताका जनता टोप बहादुर रायमाझीका जनतानै नभएको भान हुने गरेको पिडितहरुले बताउनु गरेका छन ।

घटना स्थलमा पुगेर भाषण गर्दै हामी छौ भन्ने नेताहरु कता छन कुन्नी एक पिडितले दुख पोख्दै भने तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्र खड्का उज्वलको छिटै समस्या समाधान हुन्छ भन्ने बोलेको भिडियो देखाउदै उनले भने नेताहरुलाइ जनताको आशु त लाग्लानी एक दिन ।

यस्तै त्यहाका जनताले सबै भन्दा धेरै धेरै आशा गरेका नेता रामजि घिमिरे पनि रहेका थिए तर अहिले त्यहाका अधिकांस जनता उनी प्रति उष्ट छन । एक बर्ष बित्दा समेत आफुहरु बेघरवार हुँदा हाम्रै भोटले सांसद मन्त्री बनेको कुरा उनिहरुले भुलि सके अब चुनाव लड्नै नपरोस सधै भरि यहि भोटले सांसद र मन्त्री बनिरहनु होला अब भोट दिँदा हाम्रा हात काम्ने छन एक पिडितले भने । उनिहरुको आसा बर्ष बित्न लाग्दा पनि मरेको थिएन अर्घाखाँचीकै प्रदेश सांसद चेतनारायण आचार्य प्रदेशको मन्त्री बन्दा केही आशा बोकेका पिडितहरुको आसा पनि अब मरेको छ ।

आचार्य मन्त्री बने पछि यहाँको समस्या समाधानमा कुनै चासो नदिएको वडा अध्यक्ष बाबुराम गैरेले बताउनु भयो । नेताहरुले आश्वासन मात्र दिने काम गरे पिडित हरु कपिलबस्तुका विभिन्न ठाउमा भाडामा बसिरहेका छन वडाअध्यक्ष गैरेले बताउनु भयो ।

अब केही समय पछि पुर्ण क्षति भएकाहरुको घर निर्माणका लागि ३ किस्तामा रकम उपलब्धहुने निर्णय भएको वडा अध्यक्ष गैरेले बताउनु भयो । प्रति परिवार ४ लाख पिडितले पाउने भएका हुन जसमा नगरपालिकाको १५ प्रतिशत प्रदेश सरकारको २५ प्रतिशत र केन्द्र सरकारले बाँकी रकम उपलब्ध गराउने गरि पिडितलाई घर निर्माणको लागि रकम उपलब्ध गराउन लागिएको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो।
स्रोत - शितगंगा खबर

प्रतिक्रिया दिनुहोस्