अर्घाखाँचीका प्रहरी प्रमुख थापाको सक्रियतामा बेपता भएकी १३ बर्षिया किशोरी फेला :साबित्रा पोख्रेलललाई बुवाको जिम्मा लगाईयो

| २०७८ भदौ १२ गते १८: ५१ मा प्रकाशित

गुरुदेवखनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.९ साबिक ढिकुरा गैरागोठ बाट हिंजो बेपत्ता भएकी १३ बर्षिया किशोरी साबित्रा पोख्रेल आज शकुशल भेटिएकी छिन। 

अर्घाखाँचीका प्रहरी प्रमुख अम्बर बहादुर थापा क्षेत्रिको तिब्र सक्रियतामा बेपत्ता हुने सावित्रा पोख्रेललाइ पाणिनी गाउँपालिका वडा नम्बर ७ ढावाबाट सकुशल फेला परेकी छिन। यद्वापी बेपता हुने सावित्रा पोख्रेल के-कसरि पाणिनी पुगिन भन्ने बिषयमा बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

भेटिएकी सावित्रा पोख्रेललाई आज जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट भुमिकास्थान नगरपालिका ९ का वडा अध्यक्ष सहितको उपस्थितिमा उनका बुवालाई सकुशल बुझाईएको अर्घाखाँचीका प्रहरी प्रमुख अम्बर बहादुर थापा क्षेत्रिले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन। 

सावित्रा पोख्रेल हिजो दिउँसो करिब २:३० बजेको समयमा घर देखि एकाएक बेपता भएकी थीइन। छोरी भेटीए पछि घरपरिवामा खुसियाली छाएको छ। 

प्रतिक्रिया दिनुहोस्