पाणिनीको पालीमा पहिरो जाँदा ३ दिन देखि सडक अवरुद्व: पैदल यात्रीलाई सास्ती

| २०७८ भदौ १५ गते १९: ०९ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। जिल्लाको पाणिनी गाउँपालिका वाड न ८ पालीमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्व भएको छ। 

पालि खडि देखि डाँडा टाेल र बलेचौर हुँदै बाबियार,बेन्दी बल्कोट छत्रदेब जोडने मोटरबाटो मा पहिरो खस्दा बिगत ३ देखि उक्त सडक अवरुद्व रहेको छ। 

पहिरोका कारण सडक अवरुद्व हुँदा  पैदल यात्रीसमेत आवतजावत गर्ने अत्यन्तै गाह्रो भएको स्थानीयले जानकारी दिएका छन्।  उक्त बाटो को निकास तुरुन्तै  खुलाउँन वडा का सम्पुर्ण जनप्रतिनिधि तथा सरोकारवाला संग अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्