विभाजनको गलत बाटो छाडेर एमालेमा आउन आग्रह

| २०७८ भदौ २७ गते १४: ०७ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले पाटी विभाजनतिर नलाग्न एमाले नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ । गलत बाटो छाडेर मुल घरमा फर्कि आफ्नो पुरानै यथावत जिम्मेवारीमा फर्कन भनेको छ । एमालेको सन्धिखर्कमा विस्तारित बैठकले विशेष प्रस्ताव पारिद गर्दै विभाजन भएको गलत बाटोमा नलागी लाखौं कार्यकर्ताको मेहनतबाट बनेको पाटी नेकपा एमालेमा गोलबद्ध भएर लाग्न कार्यकर्तालाई अनुरोध गरेको नेकपा एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले जानकारी दिए ।

नेकपा (एमाले) बाट विभाजित भएर अलग्गै पार्टीमा जाने बाटोमा लाग्नु भएका नेता कार्यकर्तालाई मुलुकका सामु उपस्थित असाधारण सम्भावना र चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काधमा आएका ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै, असफलता बाहेक अरु कुनै विकल्प नभएको त्यस्तो गलत र हानिकारक बाटोमा नलाग्न र बाटो लागेकाहरु छाडेर पार्टी एकतामा आवद्ध हुन, मूल घरमा आफ्नो पूर्ववत जिम्मेवारीमा फर्कन हार्दिक अपिल गरेको छ । साथै, विभाजनकारी गतिविधिबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने नेता कार्यकर्तालाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनैपनि क्रियाकलापहरुलाई लिएर पूर्वाग्रह नराखिने र विना भेदभाव पार्टीमा स्वागत गरिने कुराको स्पष्ट पारेकाे एमालेले जनाएको छ ।

एमाले छाडेर माधव नेपालको समाजवादी पाटीमा तत्कालिन एमाले जिल्ला सचिव रामबहादुर चौहान, पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहितका नेता तथा कार्यकर्ता लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्