अर्घाखाँचीमा माकुनेको पार्टीले सानो तिनो चामलको बिंयाँ जस्तै एउटा सानो समुह पनि बनाउँन सकेन,प्रचण्डको सानो तिनो झु'ण्डले केहि फरक पार्दैन : नेता रायमाझी 

| २०७८ भदौ २९ गते १८: ३१ मा प्रकाशित

यम बहादुर थापा अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह  गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कको सभा हलको बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता रायमाझीले अर्घाखाँचीमा कमरेड प्रचण्डले सानो तिनो समुहको झु'ण्ड लिएर हिडेको बताउंदै नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधब कुमार नेपालले अर्घाखाँचीमा सानो तिनो फ्याट फुट्ट चामलको बिंयाँ जस्तै एउटा सानो समुह पनि बनाउँन नसकेको बताएका छन्। 

प्रचण्ड जीले अर्घाखाँचीमा लिएर हिंडेको सानो झु'ण्डले अर्घाखाँची जिल्लामा कुनै आधारभूत रुपमा ठुलो परिवर्तन नभएको दावी गरेका छन। उनले जिल्लामा बुझे अनुसार फेसबुक र बिभिन्न मिडियामा हाला खल्ला गर्ने बाहेक तल्लो जनाआधारमा तात्परिक रुपमा अन्तर नपरेको बताए। 

नेता रायमाझीले मन्तव्य मा बोल्दै अब आउँने स्थानीय चुनाबमा कम्युनिष्ट हरु नेकपा एमाले र नेकपा माओबादि केन्द्र सहकार्य गरेर चुनाब लड्नुपर्ने बताएका छन्। कार्यक्रममा १२ सय हाराहारी को उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्