अर्घाखाँचीमा घरपरिबारको सुचिकरणको फारम भर्ने काम तीव्र गतिमा

| २०७८ असोज ७ गते ०४: ३३ मा प्रकाशित

रुद्रमणि भुसाल,अर्घाखाँची । अर्घाखाँचीमा घर तथा घरपरिबारको सुचिकरणको फारम भर्ने काम तीव्र गतिमा  अगाडि बढेको  पाइएको छ ।  

भदौ ३० गतेबाट देशभर सुरुभएको घर तथा घरपरिबारको सुचिकरणको फारम भर्ने काम असोज १८ गते सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला जनगणना कार्यालय अर्घाखाँचीले  बताको छ । जिल्लामा  २८१ गणना क्षेत्र बनाएर ७४ जना सुपरिबेक्षक परिचालन गरिएको छ। 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले आज वाङ्गलामा सुपरिबेक्षकले गाउँमा घरपरिबारको सुचिकरणको फारम भर्ने काम  कस्तो किसिमले अगाडि बढेको छ । भन्ने बिषयमा स्थानियसगं सोधपुछ गरेको छ । सुपरिबेक्षकहरुले घरमै पुगेर  घर सख्या ,घरको आकार बनेको बर्ष , घरपरिवारमा अक्सर बसोबास  गर्ने संख्या, महिला पुरुष ,घरपरिवारले भोकचलन गरेको खेतियोग्य जमिन पशुपन्छि पालेको संख्या, बैक खाता भएनभएको कुरा फारममा भर्ने जिल्ला जनगणना अधिकारी धन बहादुर बि सीले बताउनु भयो   ।

अर्घाखाँचीमा अहिले सम्म १० हजार घरधुरीको बिवरण फारममा भरि सकिएको कर्मचारी नारायण दमासेले जानकारी दिनु भयो ।  अनुगमनको क्रममा  प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल ,  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक अम्बर बहादुर थापा , अनुसन्धान अधिकृत बिनय चतुरबेदी ,नेपाल पत्रकार महासंघकका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल,प्रशासनमा कार्यरत कर्मचारी पोमनारण कुवँर लगायतको सहभागिता रहेको थियो ।  दोस्रो चरणमा कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सबै घरपरिबारमा गणक पुगेर परिवारको बिस्त्रित विवरण संकलन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्