नेकपा (ए स) को महासचिवमा डा.बेदुराम भुसाल: अर्घाखाँचीमा उत्साह

| २०७८ असोज ७ गते १५: १५ मा प्रकाशित

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा अर्घाखाँचीका डा.बेदुराम भुसाल चयन भए सगै अर्घाखाँचीमा उत्साह छाएको छ । 

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १० मा वि. स २०१० सालमा जन्मिएका भुसाल नेकपा (एकीकृत समाजवादी) को महासचिव हुदा जिल्लामा समेत उत्साह छाएको हो । विभिन्न माध्यमबाट भुसाल लाई शुभकामना आइरहेका छ्न । जिल्लामा माओवादी केन्द्र नेकपा एसले एकीकरण गर्ने चर्चा चलिरहेको छ । 

जिल्लामा नेपाली काङ्ग्रेस ले महाअधिवेशन को तयारी तिव्र रुपमा गर्दै आइरहेका छ्न । नेकपा एमालेले पनि कमिटी बैठक सभा गर्दै आइरहेको छ । 

एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेकाछन भने कतै काङ्ग्रेस कार्यकर्ता एमाले प्रवेश गरेको देख्न सकिन्छ । यस्तै माओवादी केन्द्र देखी नेकपा एसमा पनि प्रवेश गर्ने उत्तिकै छन । जिल्लाभर कार्यकर्ता अवसर को खोजीमा रहेको देख्न सकिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत गरेको एकीकरण गर्ने सम्भावना उच्च रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्