१० बुदे सहमतिको कार्यान्वयनले एमाले ठूलो दुर्घटनाबाट जोगियो : युवा नेता गैरे

| २०७८ असोज ७ गते २३: ३१ मा प्रकाशित

गुरुदेव खनाल।  नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीका उपसचिव एवं पार्टीका युवा नेता प्रेमनारायण गैरेले पार्टी भित्र देखिएका बिद्यमान समस्या समाधानको १० बुँदे सहमति प्रस्तावको कार्यान्वयनले नै पार्टीलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनु भएको छ ।

नेकपा एमाले भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराको वडा कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा   एमालेका प्रभावशाली युवा नेता गैरेले १० सदस्य कार्यदलले दिएको सहमतिको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्न पार्टी नेतृत्व सकारात्मक नभएको भए पार्टी गम्भीर दुर्घटना हुने र त्यस्ले पार्टीलाई ठूलो क्षति पुर्याउने बताउनु भयो ।

उहाँले भन्नू भयो पार्टी स्थायी कमिटी र केन्द्रिय कमिटीले सस्थागत रुपमा पार्टीमा देखिएका बिद्यमान समस्या समाधानको   १० बुँदे सहमतिको प्रस्तावलाई अनुमोदन गरेर कार्यान्वयन लगेको छ । अहिले पार्टी कमिटीहरु २०७५ जेठ २को अबस्थामा फर्किएका छन ।पार्टी बिधान बिपरित घोषणा गरिएका आयोजक कमिटी र समानन्तर कमिटीहरु स्वतह विघटन भएका छन ।त्यसैले बिगतमा पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध गरेर बलियो पार्टी बनाउन पार्टीलाई विधि विधान र पद्धतिमा संचालन गर्नुपर्छ भनेर पार्टीमा बैधानिक लडाइ लडेका इमानदार र निष्ठावान नेता कार्यकर्ताहरु अहिले पार्टी काममा जुझारुपनका साथ लागेकाले पार्टी बिभाजनमा खासै असर नपारेको दाबी गरेका छन ।

आफूले नै कार्यदलमा ५ जना सदस्य पठाउने,आफ्नो परामर्शमा आफ्नै टिमका नेताले पार्टी एकता जोगाउन मेहनत गरेर सहमति गरेको १० बुदेलाइ समेत नमानेर माधब नेपालले आफ्नै नेताहरुमाथी अबिस्वास गर्नु र आफूले उठाएका मागहरू सम्बोधन भएको अबस्थामा पनि पार्टी बिभाजन गर्नु असाध्यै दु:खद घटना भएको बताउनु भयो ।

बिभाजित पार्टीक पदाधिकारी मनोनयनको सन्दर्भ जोडदै उहाले भन्नू भयो पार्टीबाट निर्वाचित साम्सदले पार्टीलाई आफ्नो साम्सद सुबिधाको लेबि बुझाउनु पर्छ भनेर हिजो म स्वतन्त्र साम्सद हु भनेर बिज्ञप्ति जारी गर्ने  ब्यक्तिलाइ आज पार्टीको महासचिव बनाएको भन्ने समाचार सुन्दा आफूलाई अचम्म लागेको र माधब नेपाललाई पार्टी बिभाजनका लागि कस्ता ब्यक्तिहरुले   घेराबन्दी गरेका रहेछन भन्ने आज यसैबाट छर्लङ्ग भएको उहाँले बताउनु भयो ।

बैठकमा आफ्नो मन्तव्य राखदै नेकपा (एमाले) अर्घाखाँची जिल्ला सदस्य एव भुनपा ९ ढिकुराका वडा अध्यक्ष नारायण खनाल र नगर सदस्य एव पूर्बजिविस सदस्य खेमराज चुँदालीले एउटै भूगोल र पुराना नेताको हिसावमा बिगतमा हामीले निरन्तर साथ दिँदै आएका केही पुराना नेताहरू अहिले विभाजनको पक्षमा देखिएका र हामीलाई पनि प्रभाव पार्ने कोशिस गरिरहेका भएपनि बिगतमा आफूले उम्मेदवारी नपाउँदा निर्वाचनमा पटक पटक पार्टीलाइ अन्तरघात गर्ने र अहिले बिभाजनको पक्षमा लाग्नेलाइ आफूहरूले साथ दिन नसक्ने भन्दै अवसरवादीको भ्रमबाट सजग र सतर्क रहन पार्टी कार्यकर्ताहरुलाइ सचेत गर्नु भएको छ।

नेकपा एमाले भुनपा वडा नम्बर ९ वडा कमिटी अध्यक्ष मोति भट्टराईको अध्यक्षता र सचिव गिरि प्रसाद घिमिरेको सन्चालनमा बैठकमा सम्पन्न भएकोबैठकले अन्तरपार्टी निर्देशन र १० बुँदे सहमतिको प्रस्तावको आधारमा वडा कमिटी पुनर्ब्यबस्थापन गरेको बताइएको छ ।बैठकले बलराम मरासिनीको अध्यक्षतामा  ५१ सदस्यीय युवा संघ नेपाल र चिरञ्जीवी गैरेको अध्यक्षतामा ४१ सदस्यीय किसान महासङ्घको वडा कमिटी गठन गरेको छ ।

यसै गरी बैठकले टोल टोलमा जनतासँग एमाले भन्ने अभियान पुरयाउनका लागि साविक ढिकुरा गाविसका ९ वटा वडाहरुलाई टोल मानेर ९ समुह बनाएको र  असोज ९ गतेदेखि १५ गते सम्म पार्टीका भेला बैठक गर्ने,जन सरोकारका बिषमा जनता सङ्ग छलफल तथा अन्तरकृया गर्ने योजना बनाएको उक्त बैठकमा सहभागी एमाले जिल्ला प्रचार बिभाग सदस्य खिम प्रसाद मरासिनीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्