माधव नेपालको पार्टीले गरेको पदाधिकारी चयनले पार्टी बिभाजन केवल पदका लागि मात्र थियो भन्ने पुष्टि गर्‍यो - नेता गैरे

| २०७८ असोज ८ गते १५: ३४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीका उपसचिव प्रेमनारायण गैरेले माधवकुमार नेपालको पार्टीले गरेको पदाधिकारी चयनले पार्टी बिभाजन केवल पदका लागि मात्र थियो भन्ने पुष्टि गरेको दावी गरेका छ्न । 

 भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराको नेकपा एमाले वडा कमिटीको बिस्तारित बैठकलाई  सम्बोधन गर्दै एमालेका युवा नेता गैरेले नेपाल आफूले नै कार्यदलमा ५ जना सदस्य पठाउने,आफ्नो परामर्शमा आफ्नै टिमका नेताले पार्टी एकता जोगाउन मेहनत गरेर सहमति गरेको १० बुदेलाइ समेत नमानेर माधव नेपालले आफ्नै नेताहरुमाथी अबिस्वास गर्नु र आफूले उठाएका मागहरू सम्बोधन भएको अबस्थामा पनि पार्टी बिभाजन गर्नु असाध्यै दु:खद घटना भएको बताएका हुन ।

बिभाजित पार्टीक पदाधिकारी मनोनयनको सन्दर्भ जोडदै भने पार्टीबाट निर्वाचित सांसदले पार्टीलाई आफ्नो सांसद सुबिधाको लेबि बुझाउनु पर्छ भनेर हिजो म स्वतन्त्र  सांसदहु भनेर बिज्ञप्ति जारी गर्ने  व्यक्तिलाइ आज पार्टीको महासचिव बनाएको भन्ने समाचार सुन्दा आफूलाई अचम्म लागेको र केवल पद प्राप्त गर्न पार्टी बिभाजनका लागि कस्ता व्यक्तिहरुले माधव नेपाललाई घेराबन्दी गरेका रहेछन भन्ने आज यसैबाट छर्लङ्ग भएको नेता गैरेले बताएका थिए ।

जिल्ला प्रचार बिभाग सदस्य खिम प्रसाद मरासिनी, नेता नारायण खनाल, खेमराज चुँदाली लगाएको उपस्थित थियो । 

नेकपा एमाले ९ वडा कमिटी अध्यक्ष मोति भट्टराईको अध्यक्षता र सचिव गिरि प्रसाद घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्