अर्घाखाँची पुन:कोरोना संक्रमित बढ्दै आज मात्र १८ जनामा कोरोना संक्रमण पुष्टि (सम्पूर्ण विवरण सहित)

| २०७८ असोज ८ गते २१: २५ मा प्रकाशित

श्याम घिमिरे,सन्धिखर्क। 
असोज ८ - अर्घाखाँचीमा सुक्रवार थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना, मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा १२ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ४० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै सुक्रवार १ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ९२ जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३२ जना, भुमिकास्थान नगरपालीमा ३ जना, शितगंगाा नगरपालीकामा ५ जना,मालारानि गाउँपालीकामा ७ जना,पाणिनी गाउँपालीकामा १७ जना र छत्रदेव गाउँपालीकामा ३ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्